पश्चिम सेती चाँडो बनाउन माग गर्दै बत्ती बालेर विरोध
डोटी । राष्ट्रिय गौरवको आयोजना रहेको ७५० मेगावाटको पश्चिम सेती निमार्ण गर्न माग गर्दै बोलन्याथली नामक संस्थाले दिपायलमा रहेको सेती पुलमा विरोध गरेको छ ।
बोलन्याथलीका संयोजक यादव जोशीको नेतृत्वमा रहेको टोलीले पश्चिम सेती चाँडो बनाउन माग गर्दै सेतीको पुलमा ७५० टुक्की बत्ती बालेर ध्यानाकर्षण गरेको हो । होटल व्यवसायी सङ्घको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाका सयौँ नागरिकले एकैसाथ बत्ती बालेर पश्चिम सेती बन्नुपर्ने माग गरेका थिए । उक्त कार्यक्रममा नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।
सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी र डोटीको बीच भागमा पर्ने तलारा क्षेत्रमा निर्माण हुने भनिएको पश्चिम सेती अहिलेसम्म पनि निर्माण कार्य शुरु नभएको तथा यस वर्ष पनि बजेट नपर्ने देखिएकाले आफूहरुले सरकारको ध्यान केन्द्रित गर्नका लागि बत्ती बालेर विरोध जनाएको बोलन्याथलीका संयोजक जोशीले बताए । विगत २८ वर्षदेखि बेला बेलामा पश्चिम सेती बन्ने चर्चा हुने गरेको भए पनि कार्यान्वयन भने अझै हुन नसक्दा स्थानीयमा निरासा छाएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment