राष्ट्रपतिले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै (प्रत्यक्ष प्रशारण)

डिसी नेपाल
२ जेठ २०७७ १६:१८

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्।

अपरान्ह ४ बजेका लागि निर्धारित बैठकका लागि सङ्घीय संसद्को सचिवालयले विशेष तयारी गरेको छ। राष्ट्रपतिको स्वागतका लागि सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराउनाका साथै सुरक्षा प्रबन्ध गरेको छ। बैठकमा भाग मन्त्री, दुवै सदनका सदस्य, विशिष्ट पदाधिकारीलगायत उपस्थित छन्।

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ।

कोरोना भाइरसको जोखिमका कारण विगत वर्षको नीति, कार्यक्रम प्रस्तुत हुँदाका बखत जस्तो धेरै पाहुनालाई आमन्त्रण गरिएको छैन भने दर्शक र सञ्चारकर्मीको उपस्थिति पनि पातलो छ । बैठकका गतिविधिलाई विभिन्न राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यसअघि सांसद्हरुको कोरोना भाइरस परीक्षण गरिसकिएको छ भने हरेक बैठकमा प्रवेश बैठककक्ष बाहिर तापक्रम जाँच र स्यानिटाइजर लगाउने प्रबन्ध गरिएको छ। भौतिक दूरीसहित तर्जुमा गरिएको बैठक कक्षा सांसद सबैले मास्क लगाएर प्रवेश गरेका थिए। राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *