सरकार कोरोनाको महामारी फैलिन नदिने तयारीमा छ : राष्ट्रपति

डिसी नेपाल
२ जेठ २०७७ १६:४७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले नेपालमा कोरोनाबाट कसैको पनि ज्यान जान नदिने तयारी सरकारले गरेको बताएकी छन् । संघीय संसदको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले विश्वमा कोरोनाको महामारी फैलिएका बेला नेपाल सरकारको तयारीतीब्र पारी कोरोनाका कारण कसैको पनि ज्यान जान नदिने बताएकी हुन् ।

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ।

कोरोना भाइरसको जोखिमका कारण विगत वर्षको नीति, कार्यक्रम प्रस्तुत हुँदाका बखत जस्तो धेरै पाहुनालाई आमन्त्रण गरिएको छैन भने दर्शक र सञ्चारकर्मीको उपस्थिति पनि पातलो छ । बैठकका गतिविधिलाई विभिन्न राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यसअघि सांसद्हरुको कोरोना भाइरस परीक्षण गरिसकिएको छ भने हरेक बैठकमा प्रवेश बैठककक्ष बाहिर तापक्रम जाँच र स्यानिटाइजर लगाउने प्रबन्ध गरिएको छ। भौतिक दूरीसहित तर्जुमा गरिएको बैठक कक्षा सांसद सबैले मास्क लगाएर प्रवेश गरेका थिए। राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *