विषम परिस्थितिमा सरकारको नीति तथा कार्यक्रम : रेल र पानी जहाजलाई निरन्तरता (पूर्णपाठ सहित)

डिसी नेपाल
२ जेठ २०७७ २०:२७

काठमाडौं । महामारीको विषम परिस्थिमा आएको सरकारको नीति तथा कार्यक्रममा रेल र पानीजहाज चलाउने जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ । अघिल्लो वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएको सो कार्यक्रमपछि प्रधानमन्त्री केपी शर्मा ओलीको असम्भव सपना देखेको भन्दै हालसम्म पनि चर्को आलोचना हुँदै आएको छ।

विषम परिस्थितिमा सरकारको नीति तथा कार्यक्रममा अपेक्षा गरेको कोरोना सम्बन्धमा सरकारले चालेका कदमका बारेमा बोले पनि अपेक्षा अनुसारको नीति तथा कार्यक्रम आउन सकेको छैन । बरु विषम परिस्थितिमा आएको यस नीति तथा कार्यक्रममा सरकारले ल्याएको पूर्ववर्ति कार्यक्रमको रेल सञ्चालन र पानीजहाज सञ्चालन जस्ता महत्वकांक्षि योजनाले निरन्तरता पाएका छन् ।

नीति तथा कार्यक्रमको बुँदा नं. १८८ मा भनिएको छ, ‘नेपालले आफ्नै ध्वजाबाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जान सक्ने गरी तयारी गरिएको छ । आगामी आर्थिक वर्षदेखि यस जलमार्गको प्रयोग गरि अन्तराष्ट्रिय व्यापारका लागि नेपाली पानीजहाज सञ्चालन गर्न कानूनी व्यवस्था गरिने छ।’

यसअघिको नीति तथा कार्यक्रममा आएको पानीजहाज सञ्चालन सम्बन्धी यस योजनाको सामाजिक सञ्जालमा समेत चर्को विरोध भएको थियो । सामान्य समयमा आएको उक्त कार्यक्रमले गर्दा सरकारलाई सामाजिक सञ्जालमा दिइएको प्रतिक्रिले नै नेपालमा तत्काल पानीजहाज भन्दा गरिवी निवारणमा ध्यान दिन जरुरी भएको अर्थविद्हरुको धारणा थियो ।

यस्तै, कोरोना कहरकोबीचमा आएको सरकारको नीति तथा कार्यक्रमले भारत र चीनसँगको रेलमार्गलाई पनि प्राथामिकतामा राखेको छ । नीति तथा कार्यक्रमको बुँदा १८५ र १८६ले यसअघि आएको नीति तथा कार्यक्रमको रेल सञ्चालन गर्ने कार्यलाई नै प्राथामिकतमा राखेको छ ।
नेपालमा कोरोनाका कारण लाखौंले रोजगारी गुमाउनसक्ने पूर्वानुमान पनि गरिएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘कोभिड–१९ ले सबै देशको अर्थ व्यवस्थामाथि गम्भिर धक्क पुर्‍याएको छ । उद्यम व्यवासाय बन्द प्राय छन् । उत्पादन र वितरण प्रणाली गम्भिर रुपमा प्रभावित भएको छ । लाखौंको रोजगारी गुमेको छ। दिगो विकासको लक्ष प्राप्तिमा ठुलो व्यवधान खडा भएको छ।’

नीति तथा कार्यक्रममा कोरोनालाई मानव जातिको अदृश्य दुस्मनको संज्ञा दिदै भनिएको छ, ‘आज सारा विश्व यस साझा तर अदृष्श्य दुश्मकाविरुद्ध कठिन युद्ध लडिरहेको छ । मानवजातिले जित्नै पर्ने यो युद्ध कहिले र कसरी समाप्त होला भन्ने भय, चिन्ता र अन्योल व्याप्त छ ।

यतिबेला विश्व समूदायबीच एक्यवद्धता, सहकार्य, आत्मविश्वास र आशावादको ठुलो खाचो छ। यस महामारीबाट हुने आर्थिक क्षतिको पुर्ति त आगामि दिनमा हुनसक्छ , प्रविधिको अन्वेश्ण गर्न सकिन्छ । समाज फेरी समृद्ध बन्न सक्छ तर गुमेको अमूल्य मानव जीवनको पूनः प्राप्ति र क्षतिपूर्ति हुन सक्दैन । त्यससँगै क्षेतिहुने मानवीय पूजी दक्षता विज्ञता र विचारको क्षति पनि अपुरणीय हुन्छ । त्यसैले यतिबेला मानिसको जीवन रक्षा र मानवजातिको संरक्षण सरकारहरुको सर्वोच्च कर्तव्य हुन आएको छ ।’

सरकारले कोरोना महामारीबाट देशलाई मुक्त राख्ने र कसैले पनि ज्यान गुमाउनु नपर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.