कोरियामा एक नेपालीको मृत्यु

डिसी नेपाल
३ जेठ २०७७ ७:४३

साेल। अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मङ्गलबार मृत्यु भएको छ। कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सो दिन साँझ मृत्यु भएको हो।

सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्रि काम सकेर सो दिन बिहान ९ बजेतिर सुतेका थिए। कोठामा एक्लै सुत्ने गरेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए ।

लगत्तै उनीहरूले कोरियाको प्रहरीलाई खबर गरेका थिए। उक्त कम्पनीमा थापासहित पाँच नेपाली र तीन चिनियाँ कामदार रहेको मृतकका सहकर्मीले जानकारी दिए। थापाको शव ख्यङ्जु नजीकै शवगृहमा राखिएको छ ।

घटनाको आवश्यक छानबिन र शव व्यवस्थापनबारे परिवारसँग सल्लाह गरिने कोरियाका लागि कार्यवाहक नेपाली राजदूत रामसिंह थापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *