काेराेनाका कारण सुत्केरीकाे निधनले प्रधानमन्त्री दु:खी, मानवीय क्षति रोक्न थप सशक्त कदम चाल्ने

डिसी नेपाल
४ जेठ २०७७ ९:४८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणबाट एक जना सुत्केरीको मृत्यु भएको खबरले आफू अत्यन्त दुखी भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले आफूलाई अत्यन्त दुःखी बताएको बताएका हुन्। आइतबार समाजिक संजाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले कोरोनाबाट मृत्यु भएकी महिलाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।


प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट अरु मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका छन्।
कोरोना संक्रमणका कारण सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको शुक्रबार राति निधन भएको थियो। उनी कोरोना संक्रमणबाट निधन हुने पहािले नेपालीसमेत हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *