विदेशमा रहेका नेपालीको उद्धारका लागि उच्चस्तरीय बैठकमा छलफल
काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई ल्याउने विषयमा उच्चस्तरीय समितिको बैठकमा गम्भीर छलफल भएको छ। छलफलले निष्कर्ष निकाल्न भने नसकेको छलफलमा सहभागी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए। उनका अनुसार स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइन र आइसोलेशनको आवश्यक व्यवस्थापन नहुँदासम्म ल्याउन नहुने सुझाव प्रस्तुत गरिएको थियो।
भारत तथा अन्य मुलुकमा कोरोना संक्रमण र लकडाउनका कारण समस्यामा परेका नेपालीलाई फिर्ता ल्याउनेबारे चौतर्फी माग हुँदै आएको छ । यूएई लगायतका देशले आफ्नो नागरिक लैजाऊ भनेर दबाव समेत दिन थालेका छन् ।
यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उद्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।
समितिको निर्णयबारे जानकारी दिँदै समितिका सदस्य–सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोभिड–१९ कल्पनै नहुने गरी बढ्ने अवस्था रहेकामा बन्दाबन्दीकै कारण सङ्क्रमण रोक्न सफल भएकाले थप गर्नु नै उपयुक्त र सही छ भन्ने निष्कर्ष समितिको रहेको बताउनुभयो । यसअघि बन्दाबन्दी सोमबार (भोलि) राति १२ बजेसम्मका लागि घोषणा गरिएको थियो । बन्दाबन्दीको अन्तिम निर्णय आज जारी मन्त्रिपरिषद् बैठकले गर्नेछ ।







डिसी नेपाल







Facebook Comment