थप पाँच लाख आरटिडी किट ल्याउने तयारी
काठमाडौं । कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको थप पाँच लाख थान आरटिडी किट ल्याउने तयारी थालेको छ । बिआइडिएच म्यानेजमेन्ट (विद) प्रालिले थप पाँच लाख थान किट ल्याउने तयारी थालेको हो । यसै साता ती किट काठमाडौँ ल्याउने गरी तयारी थालिएको विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिए।
यसअघि सोही कम्पनीले निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्समार्फत एक लाख थान आरटिडी किट ल्याएको थियो । स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि विद म्यानेजमेन्टलाई जिम्मा दिएको थियो । सरकारले निजी क्षेत्रले सञ्चालनमा ल्याएका अस्पतालाई समेत कोरोना परीक्षणका लागि अनुमति दिएको छ । सो अनुमतिपछि कोरोना परीक्षणको दायरा बढ्ने विश्वास लिइएको छ ।
सरकार तथा विभिन्न निजी अस्पतालको आग्रहमा ती किट ल्याउन लागिएको हो । यसको बजार मूल्य प्रतिकिट रु ५६५ रहने रहेको छ । विद म्यानेजमेन्टका प्रमुख भण्डारीले चीनको राजधानी बेइजिङबाट ती किट ल्याउन लागिएको बताए ।
यसअघि विद म्यानेजमेन्टले गत वैशाख १७ गतेको सम्झौताअनुसार सामान ल्याएको थियो । यसअघि सम्झौतामा तोकिएको समयभन्दा अगावै ती किट आइपुगेका हुन् । विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो । सो कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको थियो । कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले थप सामान आयात गर्न लागिएको हो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment