बंगालको खाडिमा विकसित भएको चक्रवातको प्रभाव नेपालमा पनि पर्ने हुँदा सजग रहन आग्रह (विज्ञप्ति सहित)

डिसी नेपाल
७ जेठ २०७७ २२:२३

काठमाडौं । जलतथा मौसम विज्ञान विभागले बंगालको खाडिमा जेठ ३ गते साँझ विकसित भएको चक्रवात ‘अम्फान’ उत्तर–उत्तर– पूर्व तर्फ शक्तिशालि भएर बढिरहेको र आजै बंगलादेशको तटिय क्षेत्र हुँदै जमिनम प्रवेश गर्ने हुँदा सजक रहन आग्रह गरेको छ।

विभागले विज्ञप्ति जारी गर्दै पश्चिम बंगालको जमिनमा प्रवेश गर्ने भएकाले नेपालमा प्रत्यक्ष असर नपरे पनि अप्रत्यक्ष प्रभावका काराण मौसममा बदली हुँने र वर्षा र हिमपातको खत्रा रहेका भन्दै सजक रहन आग्रह गरेको हो ।

विज्ञप्तिमा भिनिएको छ, ‘नेपालमा प्रत्यक्ष प्रभाव नरहे पनि खासगरी प्रदेश १, २ र वागमति प्रदेशको मौसम आजदेखि २–३ दिनसम्म प्रभावित हुने छ। यी क्षेत्रका केही स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने हुँदा, स–साना खोलानालामा आकस्मिक जलप्रवाह हुने हुने भएकाले सजक रहन अनुरोध छ।’

वरिष्ठ मौसम विद् अर्चना श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा गण्डकी प्रदेश र प्रदेश ५ मा समेत मौसम बदली हुने जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *