काठमाडौँ आएकी महिलामा कोरोना संक्रमण देखिएपछि छिमेकी घर सिल
काठमाडौँ । कमलामाई नगरपालिका–९ पन्नेसीमा पाँच घर सिल गरिएको छ ।
मङ्गलबार काठमाडौँमा २७ वर्षीया महिलामा कोरोना भाइरस देखिएपछि उनको छिमेकी घर पनि सिल गरिएको हो।
बन्दाबन्दीका समयमा केही दिनअघि महिला घरबाट काठमाडौँ आएको कन्टयाक्ट ट्रेसिङमा खुलेपछि घर सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जीतेन्द्रकुमार साहले जानकारी दिए ।
सिल गरिएका क्षेत्रमा सुरक्षा सतर्कतासमेत अपनाइएको छ।
कन्टयाक्ट ट्रेसिङ गरिएको र महिलाका परिवारका नौसहित ४१ जनालाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न आग्रह गरिएको उनले बताए ।
साहका अनुसार आज स्वाब सङ्कलन गरी प्रादेशिक अस्पताल हेटौँडा पठाइने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment