विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठद्वारा पद तथा गोपनियताको सपथ
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन्।
सपथ ग्रहण समारोहमा बोल्दै मन्त्री श्रेष्ठले संस्थागत प्रणाली निर्माण गरी निष्ठापूर्वक काम गर्न निर्देशन दिएका छन्। साथै, उनले मन्त्रालय मातहतका अन्य निकायहरूसँग उच्च समन्वय कायम गर्दै कार्यसम्पादन गर्नसमेत सुझाएका छन्।
भोटेकोशी बाढीको चुनौतीपूर्ण समयमा कामु कार्यकारी निर्देशकका रूपमा श्रेष्ठले निभाएको भूमिका र सफल कार्यसम्पादनका लागि मन्त्री श्रेष्ठले धन्यवाद प्रकट गरे।
उल्लेखनीय छ, मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले दीर्घायु कुमार श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment