मोबाइल एसएमएसबाटै बाढीको पूर्व सूचना
सुर्खेत । सुर्खेतवासीले बाढीपहिरोको पूर्वसूचना मोबाइल एसएमएसबाटै थाहा पाउने भएका छन् । वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान विभागले बाढीको पूर्वसूचनाका लागि मोबाइल एसएमएस प्रणालीको शुरुआत गरेको हो ।
जल तथा मौसम कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले आकस्मिक बाढीको पूर्वसूचना बाढी आउनु केही घण्टाअगावै जनतासम्म पु¥याइ जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले एसएमएस प्रणाली शुरुआत गरिएको बताए । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नेपाल टेलिकम र एनसेल सिम प्रयोगकर्ता सबैमा एसएमएस पठाउने व्यवस्था मिलाएको छ । “११५५ वा जलवायुबाट सबैको मोबाइलमा बाढीको पूर्वसूचना आउने व्यवस्था मिलाएका छौँ”, उनले भने, “पूर्वसूचनाले नागरिकलाई सम्भावित जोखिमबाट सुरक्षित रहन उपयोगी हुनेछ ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment