कोरोना सङ्क्रमणको पहिचानका लागि थप सहयोग गराउन तालीम

डिसी नेपाल
९ जेठ २०७७ २१:५८

काठमाडौं । काठमाडौँ महानगरपालिकाले क्लिनिक इञ्चार्जका लागि ‘केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक आइडन्टिफिकेसन’ सम्बन्धी अभिमुखीकरण तालीम दिएको छ ।

महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा आज तालीम दिइएको हो । विश्वभरि फैलिएको कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सङ्क्रमण देखिएपछि सङ्क्रमणको स्रोत पत्ता लगाउन, सङ्क्रमित व्यक्तिको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा भएका व्यक्तिको जोखिममा निगरानी गर्नाका लागि यस किसिमको तालीम सञ्चालन गरिएको महानगरको भनाइ छ ।

जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै उनीहरुको सम्पर्कमा भएकामाथि निगरानी गर्ने प्रणाली विकास गर्न यस किसिमको अभ्यास गरिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीका अनुसार भाइरसको सङ्क्रमण भएका व्यक्ति नजिक उच्च जोखिममा भएकालाई बचाउन, सङ्क्रमणको स्रोत र सम्पर्क भएका व्यक्ति पहिचान हुन जरुरी छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी नियन्त्रण शाखाका प्रमुख डा अमृत पोख्रेलले केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट आइडन्टिफिकेसन बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। ६० वर्षमाथिका मानिस, दीर्घरोग भएका, गर्भवती सङ्क्रमणको उच्च जोखिममा रहने वर्ग हुन् । हात धुनु र भौतिक दूरी कायम राख्नु सङ्क्रमणबाट बच्ने मुख्य उपाय हुन् ।

डा पोखरेलले टे«सिङ गर्ने क्रममा बिरामीसँग लिइने अन्तर्वार्ताको सीप, सम्पर्कका आएका व्यक्तिको जोखिम वर्गीकरण, निगरानी गर्नुपर्ने व्यक्तिको सूची तयारलगायतका सीपका विषयमा कुरा गर्दै परीक्षण, उपचार र टे«सिङ गरी तीन चरणका प्रभावकारी कामबाट कोरोना नियन्त्रण गर्न सकिने बताए।

यसका लागि महानगरपालिकामा कम्तीमा पाँच वटा समूह निर्माण गर्न सकिने व्यवस्था छ । त्यस्तै उपमहानगरमा तीन, नगरमा दुई र गाउँपालिकामा एउटा समूह बनाएर टे«सिङको काम गर्नुपर्छ । यो न्यूनतम भएकाले आवश्यकताअनुसार थप गर्न सकिने अधिकारीको भनाइ छ ।

टे«सिङका लागि चार प्रकारका फारम भरिने छन् । त्यसमध्येको पहिलो फारम बिरामीको अवस्थाका विषयमा जानकारी लिन÷राख्न उपचारमा संलग्न चिकित्सकले भर्नेछन् । दोस्रो फारम, बिरामीसँग भेटेर कुराकानी गर्दै बिरामीको सम्पर्कमा आएका व्यक्तिको जोखिम पत्ता लगाउन सूची तयार पार्न भरिने फारम हो । यो फारम टे«सिङमा जाने व्यक्तिले व्यक्तिगत सुरक्षा उपकरण लगाएर बिरामीसँग भेटेर कुराकानी गर्दै भरिन्छ । तेस्रो फारम बिरामीले सम्पर्क गरेका व्यक्तिको अवस्था थाहा पाउन उनीहरुलाई भेटेर कुराकानी गर्दै भर्ने फारम हो । यसैगरी चौथो फारम सम्पर्कमा भएका व्यक्तिको निगरानी गर्न भरिने फारम हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *