सापकोटा सचिवमा बढुवा, प्रधानमन्त्री कार्यालयमा पदस्थापन
काठमाडौं । सहसचिव पुष्कर सापकोटा सचिवमा बढुवा भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव सापकोटालाई न्याय सेवा आयोगले आज सचिवमा बढुवा सिफारिस गरेको हो। यससँगै उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव (कानुन) फणीन्द्र गौतम अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको सचिव पदमा सापकोटाको पदस्थापन भएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment