प्रदेश सभासदस्यको रिपोर्ट : आरडिटी पोजेटिभ, पिसीआर नेगेटिभ

डिसी नेपाल
९ जेठ २०७७ २२:१०

बुटवल । प्रदेश नं ५ को प्रदेशसभा सचिवालयमा बिहीबार आरडिटी विधिमा कोरोना पोजेटिभ देखिएकाहरुको पिसिआर विधिबाट गरिएको परीक्षणमा भने नेगेटिभ देखिएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन आज (शुक्रबार)देखि शुरु हुने मिति तय भएपछि सचिवालयले प्रदेशसभा सदस्य, मन्त्री, सुरक्षाकर्मी, चालक र प्रदेशसभामा नियमित रिपोर्टिङमा जाने पत्रकारसमेतको आरडिटी गरेकामा ११ जनाको पोजेटिभ देखिएको थियो ।

उक्त परीक्षणमा प्रदेशसभाका दुई सदस्यसहित मन्त्रीका सवारी चालक, प्रदेशसभामा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलगायत ११ जनाको आरडिटी पोजेटिभ देखिएपछि सबैलाई बुटवलस्थित कोरिया नेपाल टेक्निकल इन्टिच्युटमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा राखेर पिसिआर विधिबाट आज परीक्षण गरिएको हो ।

आज गरिएको परीक्षणमा दुई प्रदेशसभा सदस्यसहित सबैको नेगेटिभ नतिजा आएको प्रदेशसभामा सभामुखका प्रेस सल्लाहकार गणेश वलीले जानकारी दिनुभयो । बिहीबारको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि आजको पहिलो दिनको प्रदेशसभा बैठकमा दुवै सदस्य अनुपस्थित रहनुभएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *