कपिलवस्तुमा लागुऔषधसहित १९ जना पक्राउ, सीमा नाकामा निगरानी कडा
कपिलवस्तु। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न १९ जनालाई पक्राउ गरेको छ। सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागुऔषध लुकाएर लैजाने क्रममा उनीहरू पक्राउ परेका हुन्।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गतेसम्मको अवधिमा लागुऔषधसम्बन्धी ११ वटा मुद्दा दर्ता गरी यी १९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा १३ जना पुरुष र ६ जना महिला रहेका छन्, जो सबै नेपाली नागरिक हुन्।
उक्त अवधिमा प्रहरीले ठूलो मात्रामा विभिन्न प्रकारका लागुऔषध बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार बरामद गरिएका लागुऔषधहरू यस प्रकार छन्:
-
गाँजा: १३० ग्राम
-
चरेस: ५ किलो २२५ ग्राम
-
हेरोइन: ३ ग्राम १५० मिलिग्राम
-
अफिम: १० किलो ३६४ ग्राम
-
नाइट्राभेट ट्याब्लेट: १० थान
डिएसपी सिंहले लागुऔषध कारोबारमा संलग्न सबैजनामाथि कानुन बमोजिम मुद्दा चलाएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। भारतसँग सीमा जोडिएका क्षेत्रहरूबाट हुनसक्ने अवैध ओसारपसार नियन्त्रण गर्न पछिल्लो समय सीमा नाकामा प्रहरीले निगरानी थप कडा पारेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment