बाढी र पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध, आवतजावत प्रभावित

डिसी नेपाल
७ कार्तिक २०८३ ९:०६

काठमाडौं। बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक यातायात सेवा अवरुद्ध बनेको छ। नेपाल प्रहरीका अनुसार केही प्रमुख राजमार्ग तथा सहायक मार्गहरूमा पहिरो पन्छाएर एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन गराइएको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा ठप्प छ।

गोरखाको आरुघाट क्षेत्रमा बाढीले कटान गर्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा आवागमन ठप्प भएको छ। सोही मार्गअन्तर्गत आरुघाट–९ स्थित नयाँ पुलमा बाढीको प्रभावका कारण साना सवारी साधनहरू मात्र एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।

यसैगरी, सुर्खेतमा खसेको पहिरोका कारण कर्णाली राजमार्गमा पनि सवारी साधन एकतर्फी रूपमा मात्र चलिरहेका छन्। उता रसुवामा भने गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले सडक संरचनामा व्यापक क्षति पुर्‍याएपछि जिल्लाभरकै यातायात सेवा निरन्तर प्रभावित हुँदै आएको छ। अवरुद्ध सडकहरू सञ्चालनमा ल्याउन र पहिरो पन्छाउन सम्बन्धित निकायहरू खटिरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *