दशैंको चौथो दिन: मान्यजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी

डिसी नेपाल
७ कार्तिक २०८३ ७:०२

काठमाडौं। विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने क्रम आज चौथो दिन (चतुर्दशी) पनि जारी छ। निधारमा रातो अक्षताको टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट आफन्तकोमा यात्रा गरिरहेका छन्।

बडादशैंको मुख्य दिन विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने विशेष परम्परा छ। तर, टाढा रहेका माइती, मावली तथा आफन्तकहाँ विजयादशमीकै दिन पुगेर टीका थाप्न सम्भव नहुने भएकाले त्यसपछिका दिनहरूमा पनि टीका लगाउने चलन रहिआएको छ।

नेपाली परम्पराअनुसार दशैंको टीका लगाउने यो क्रम विजयादशमीदेखि सुरु भएर कोजाग्रत पूर्णिमासम्म निरन्तर जारी रहने गर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *