कोरोनाभाइरसबाट नेपालमा चौथो बिरामीको मृत्यु

डिसी नेपाल
१२ जेठ २०७७ १६:३६

काठमाडौं। नेपालमा कोरोनाभाइरसका कारण चौथो व्यक्तिको मृत्यु भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा गत जेठ ४ गते मृत्यु भएका २७ वर्षका पुरुषको मृत्यु कोरोनाभाइरका कारण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वीरगंजको कलैया ४ बाराका ती २७ वर्षका पुरुष जेठ २ गते अस्पताल भर्ना भएका थिए । पहिल्यैदेखि क्षयरोगबाट पीडित ती बिरामीलाई आइसीयूमा राखेर उपचार भइरहेकोमा भोलिपल्ट उनको स्वाब संकलन गरी नारायणी अस्पताल पठाइएको थियो ।

त्यहाँको रिपोर्ट शंकास्पद देखिएपछि उनको स्वाब पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । टेकुको रिपोर्टमा उनी पोजेटिभ देखिएका हुन् । उनको सम्पर्कमा आएकाहरुको वाब संकलन गरी परीक्षण गरिएकोमा ६ जना पहिल्यै पोजेटिभ देखिइसकेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *