कोरोना महामारीबीच भारतबाट आफ्ना नागरिक फिर्ता लाँदै चीन

डिसी नेपाल
१२ जेठ २०७७ २०:३५

नयाँ दिल्ली । चीनले भारतबाट आफ्ना नागरिक फिर्ता लाने भएको छ। सोमबार नयाँ दिल्ली स्थित चिनियाँ राजदूतावासले जारी गरेको सुचनामा भारतमा रहेका आफ्ना नागरिकलाई चीनले फिर्ता लैजाने जानकारी दिएको छ।

दूतावासले आफ्नो वेबसाइटमा राखेको सुचनामा भारतमा कोरोनाको कारण भारतमा फसेका चिनियाँ विद्यार्थी, पर्यटक तथा व्यवसायीहरुलाई विशेष विमानमार्फत चीन जाने अनुमति प्रदान गरिने जनाएको छ। तर भारतमा अहिले कति चिनियाँ नागरिक छन् भन्ने आधिकारीक जानकारी भने नभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

बेईजिङले फिर्ता जान चाहेका नागरिकलाई २७ मे सम्म रजिस्टर गर्न आग्रह गरेको छ। जारी सूचनामा भनिएको छ, ‘जो व्यक्ति वापस जान चाहन्छन् उनीहरुले जहाजका भाडा र १४ दिन क्वारेन्टिनको खर्च बेहोर्न पर्नेछ।’ तर संक्रमित व्यक्ति तथा लक्षण देखिएका व्यक्तिहरुलाई भने जाने अनुमति नदिने सुचनामा उल्लेख गरिएको छ।

भारतमा कोरोना संक्रमितको संख्या १लाख ३८ हजार माथि रहेको छ भने चीनमा भने लगभग नियन्त्रणमा आइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *