स्वास्थ्य सचिव कोइरालाको सरुवा
काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या सचिव यादव कोइरालाको सरुवा गरेको छ। स्वास्थ्यमन्त्री कोइरालालाई स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको बताइएको छ।
कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयमा सुरुवा भएपछि स्वास्थ्य सचिवको जिम्मेवारी लक्ष्मण अर्याललाई दिइएको छ। अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत थिए।
तीन महिना अगाडि स्वास्थ्य सचिव बनेका कोइरालाको कार्य सम्पादन राम्रो नभएको भन्दै आलोचना भइरहेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment