पर्यटन प्रवर्द्धन गर्न देश दर्शन कार्यक्रम
काठमाडौं। कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र प्रवर्द्धन गर्नकालागि सरकारले देश दर्शन कार्यक्रम घोषणा गरेको छ।
संसदमा आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको जोखिम सकिएपछि आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि सरकारले राष्ट्रसेवक कर्मचारी, संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्नकालागि प्रोत्साहन गर्ने घोषणा गरे।
बजेटमा सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार विकास गर्नका लागि १ अर्ब २६ करोड रुपैयाँ बिनियोजन गरिएको छ। यसैगरी कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनरुत्थानका लागि कर, शुल्कका साथै ब्याजदर छुटलगायतमा सुविधा दिने समेत अर्थमन्त्रीले घोषणा गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment