बहराइनमा कोरोना संक्रमित नेपालीले गरे झुण्डिएर आत्महत्या

डिसी नेपाल
१६ जेठ २०७७ १३:५९

काठमाडौँ । बहराइनमा कोरोना संक्रमित एक नेपालीले क्वारेन्टाइनमा आत्महत्या गरेका छन् ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका कोरोनाको संक्रमण देखिएर उपचार गराइरहेका एक नेपाली युवाले बिहीबार आत्महत्या गरेका हुन् ।

‘एक कोरोना संक्रमित नेपाली युवाले झुण्डिएर आत्महत्या गरेको भन्ने जानकारी आएको छ,’ उनले डिसी नेपालसँग टेलिफोनमा भने, ‘ तर, अहिलेसम्म घटनाबारे हामीलाई आधिकारिक रिपोर्ट प्राप्त भएको छैन । रिपोर्ट आएपछि मात्रै विस्तृतमा थाहा हुनेछ ।’

ती युबाले क्वारेन्टाइनको क्वारेन्टाइनको बाथरुममा झुण्डिएर आत्महत्या गरेको भन्ने जानकारी आएको उनले बताए ।

बहराइनमा अहिलेसम्म ३ सय ३१ जना नेपालीमा कोरोनाको पुष्टि भएको छ । राजदूत सुन्दासका अनुसार संक्रमित नेपालीमध्ये कैयौँ उपचारपछि निको भएर फर्किसकेका छन् । उपचाररत रहेका नेपालीहरुको पनि अवस्था सामान्य रहेको उनले बताए।

स्वास्थ्य क्षेत्रमा बहराइन सरकारको गुणस्तरीय सेवा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘संक्रमित हुँदैमा आत्तिहाल्नु पर्ने अवस्था छैन,’ उनले भने, ‘यहाँको उपचार पद्दती निकै राम्रो छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *