संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको सर्वसम्मत निर्णय

डिसी नेपाल
१७ जेठ २०७७ १६:५७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठेकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सरकारले गत बुधबार भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि निसान छापमा रहेको नक्सा परिवर्तन गर्न गत शुक्रबार संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो।

संसद सचिवालयमा दर्ता गराएको ५ दिनपछि गत बुधबार संसदमा पेस गर्नलाई प्रतिनिधिसभा बैठकको संभावित कार्यसूचिमा चडेको संविधान संशोधन विधेयक कांग्रेसले समय माग गरेका कारण कार्यसूचिबाट हटाइएको थियो ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गराउने भन्दै समय मागेपछि संविधान संशोधन विधेयक संसदमा पेस हुन सकेको छैन। शनिबार बसेको कांगेस केन्द्रीय समिति बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै १८ गते बस्ने संसद वैठकमा संविधान संशोधन विधेयक पेस हुने भएको छ ।

‘सरकारका कतिपय काम कारवाही प्रति असन्तुष्टि रहे पनि राष्ट्रिय मुद्दामा सधै सरकारलाई साथ दिन प्रतिपक्ष तयार छ’,  केन्द्रीय सदस्य  अतहर कमाल मुसलमानले डिसी नेपाललाई भने ‘संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसले सर्वसंवत निर्णय गरेको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.