नारायणी अस्पतालमा ओपिडी सेवा शुरु

डिसी नेपाल
२० जेठ २०७७ १६:२१

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा बहिरङ्ग सेवा शुरु भएपछि सर्वसाधारण खुशी भएका छन् । अस्पतालमा भर्ना भएका ७१ जना कोरोना सङ्क्रमित निको भाइ घरफिर्ता भएपछि अस्पताललाई सङ्क्रमण मुक्त गरी डायलायसिस, इमर्जेन्सीसहित आजदेखि बहिरङ्ग सेवा शुरु गरिएको हो ।

अस्पतालमा आउने बिरामीलाई सामाजिक दूरी कामय राख्दै सेवा लिने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ । पहिलो दिनमा २५÷२५ जना बिरामीको स्वास्थ्य उपचारबाट मेडिकल, गाइनो, अर्थोलगायतका ओपिडबाट शुरुवात गरिएको छ भने बिरामी भर्नालाई अहिले रोकिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । उनले अस्पतालको केही क्षेत्र अहिले पनि सङ्क्रमण मुक्त गरी पिसिआर परीक्षण गर्न बाँकी भएकाले बिरामी भर्ना नगरिएको बताए। कोभिड सङ्क्रमित राखिएका क्षेत्रको परीक्षण सम्पन्न भएलगत्तै बिरामी भर्ना तथा शल्याक्रिया सेवासमेत शुरु गरिने उहाँले जानकारी दिए ।

अस्थायी कोभिड उपचार केन्द्रमा अस्पताललाई परिणत गर्दै अन्य उपचार सेवा बन्द भएपछि सेवाग्राही मारमा परेका थिए । अस्पतालले ओपिड सेवा शुरु गरेपछि यसको लाभ गरिब जनताले पाउने नागरिक समाजका अगुवा नेजामुद्दिन समानीले जानकारी दिए। उनले गरिबको उपचार हुने मुख्य थलोका रुपमा रहेको अस्पताललाई सङ्क्रमण मुक्त गरी बाँकी उपचार सेवा चाँडोभन्दा चाँडो सञ्चालन गर्न अस्पताल प्रशासनसँग अनुरोध गरे ।

बारा, पर्सा, रौतहट, सार्लाहीलगायत सिमावर्ती भारतीय शहरबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमै आउने गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *