थप २ सय ८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार बढी

डिसी नेपाल
२० जेठ २०७७ १६:४६

काठमाडौं । थप २ सय ८८ जनामा कोरोनाको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेलनमा मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले थपिएका २ सय ८८ सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ हजार ९९ पुगेको बताए ।

गत २४ घण्टामा गरिएको परीक्षण अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडौंमा १ सय १८ जनामा कोरोना पुष्टि भएको छ । प्रवक्ता डा. देवकोटाका अनुसार धुलिखेल अस्पतालमा परीक्षण गरीएका मध्ये ३८ जनामा पोजेटिभ, पोखराको प्रयोगशालामा १०, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १, भेरी अस्पताल नेपालगञ्जमा २०, प्रादेशिक अस्पताल सुर्खेतमा ६४, हेटौंडाको प्रयोगशालामा १, दाङको प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको छ।

डा. देवकाेटाका अनुसार संक्रमित हुनेमध्ये १ हजार ९ सय ४९ पुरूष, १ सय ५० महिला रहेकाे छन् । अहिलेसम्म निकाे भएर घर फर्कीनेकाे संख्या २ सय ६६ रहेकाे छ भने क्वारेन्टाइनमा बस्नेहरू १ लाख ४५ हजार ३ सय ७५ रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *