काेराेनाबाट मृत्यु हुनेकाेसंख्या ९ पुग्याे

डिसी नेपाल
२१ जेठ २०७७ १८:११

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेको पुष्टि गरे। उनका अनुसार उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो ।

उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । त्यसमा उनको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *