शिक्षण अस्पतालमा उपचाररत छ वर्षकी बालिकाले जितिन् कोरोना

डिसी नेपाल
२१ जेठ २०७७ १९:५७
24
Shares

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो ।

यही जेठ १२ र १७ गते दुई पटक पिसिआर गर्दा नकारात्मक परिणाम आएपछि गत सोमबार निजको शल्यक्रिया गरिएको र त्यो सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेम खड्गाले राससलाई बताए। शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्य लाभ भएकाले निजलाई आजै घर पठाइएको जानकारी उनले दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *