काेराेना संक्रमणबाट बेलायतमा ६७ नेपालीकाे मृत्यु

डिसी नेपाल
२२ जेठ २०७७ ७:३४

लण्डन। कोरोना संक्रमणबाट बेलायतमा निधन हुने नेपालीको संख्या ६७ पुगेको छ। लण्डनस्थित नेपाली दूतावासको पहलमा गठित सूचना संकलन सहयोग समितिमार्फत मंगलबार  यसकाे जानकारी  दिएको थियो।

दूतावासका प्रवक्ता एवं नियोग उपप्रमुख शरदराज आरणका अनुसार निधन हुनेहरुमा ५६ जना पुरूष र ११ जना महिला रहेका छन्। यसरी मृत्यु हुनेहरूमा ५६ जना भूपू गोरखा सैनिक रहेका छन्।

यो हप्ता बेलायतमा कोरोनाबाट निधन हुनेहरूको संख्या र संक्रमित हुनेहरूको संख्या निकै कम हुँदै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *