लकडाउन खुकुलो बनाउन व्यवसायीको दबाब

डिसी नेपाल
२२ जेठ २०७७ १४:३३

काठमाडौंं। लकडाउनको अवधि लम्बिएसँगै आक्रोशित भएका व्यवसायीहरुले खुकुलो बनाउन दवाव दिन थालेका छन्। लामो समय बन्द हुँदा व्यवसाय नै धरासायी भएको भन्दै लकडाउन खुकुलो बनाउन दवाव दिन थालेका छन्।

बिहीबार काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँगको भेटमा व्यवसायीहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न आग्रह गरेका हुन्।

व्यवासायीहरुले कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई व्यवसायलाई आर्थिक चलयमान गर्न सुझाव दिएका थिए।  नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई सुरक्षासहित व्यवसाय संचालन गर्न दिन आग्रह गरिएको जानकारी दिए।

व्यापारीहरुको भेटमा प्रमुख जिल्ला अधिकारीहरुले नयाँ मोड्यालिटि बनाएर लकडाउनलाई खुकुलो बनाइने प्रतिवद्धता व्यक्त गरे। व्यापारीहरुले भने लकडाउन अवज्ञा गर्दै बिहीबारबाट पसल खोल्न सुरु गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *