अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन पारित
काठमाडौं । सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आफ्नो वार्षिक प्रतिवेदन पारित गरेकोे छ । प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हुने कामको अनुगमन र मूल्याङ्कन गरी आवश्यक सुझाव एवं निर्देशन दिने कार्यादेश पाएको समितिले एक वर्षभित्र गरेका काम कारवाही समेटिएको वार्षिक प्रतिवेदन आज पारित गरेको हो ।
समितिका सभापति पवित्रा निरौला खरेलको अध्यक्षतामा बसेको बैठकले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा भारतलगायत विश्वका अन्य राष्ट्रमा रहेका नेपालीहरुको कोभिड–१९ को महामारीबाट सुरक्षा, उनीहरुका समस्या सम्बोधन, उद्धार, बन्दाबन्दीले विदेशमा अलपत्र परेका नेपालीको उद्धार, अतिक्रमित नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशन, भारतद्वारा नेपालको दार्चुला जिल्लाको लिपुलेक क्षेत्रमा निर्मित सडक, लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी भूभागमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न नेपाल सरकारलाई दिइएका सुझाव र निर्देशन समेटिएको प्रतिवेदन पारित गरेको हो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment