‘क्लेम द बोर्डर’ ग्रुप द्धारा एमसिसि र सिमा विषयमा सरकारलाई खबरदारी गर्न नयाँ ढाचाको विरोध प्रदर्शन

डिसी नेपाल
२३ जेठ २०७७ ११:४७

काठमाडौं । स्वस्फुर्त रूपमा बनेको गैर–राजनैतिक युवाहरु सङघठन ‘क्लेम द बोर्डर’ ग्रुपले अहिलेको मुख्य राष्ट्रिय मुद्दा एमसिसि र सिमा विषयमा सरकारलाई खबरदारी गर्ने र जनप्रतिनिधिलाई जवाफदेही बनाउन नयाँ ढाचाको विरोध प्रदर्शन गरेको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा भारतले गरेको नेपाली सीमाको अतिक्रमण र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरोधी आन्दोलनमा रोबोट र ड्रोनको प्रयोग गरिएको छ ।

स्वतस्फुर्त सामाजिक सञ्जालमा जोडिएका युवाहरुको समूहले विरोधको नयाँ शैली अपनाएको हो । सीमा विवादको बिषयमा युवाहरुलाई सुसूचित गर्ने उद्देश्यका साथ ‘क्लेम द बोर्डर बोर्डर’ नामक फेसबुक ग्रुप नै तयार गरिएको छ । छोटो समयमै उक्त फेसबुक ग्रुपमा करिब ५० हजारभन्दा बढी आवद्ध भइसकेका छन् । उक्त फेसबुक ग्रुपले सुरु गरेको एमसीसी सम्वादमा नेता लिलामणि पोख्रेल, झलनाथ खनाल, विश्लेषक युग पाठक, गोविन्दराज पोखरेल लगायतले भाग लिइसकेका छन् ।

जसमा सीमा विज्ञ लगायतको सहभागीतामा विभिन्न अनलाइन सेमिनार लगायतका कार्यक्रम हुँदै आएका छन् । भैरव रिसाल, पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, द्वारिकानाथ ढुङ्गेल लगायत व्यक्तिहरु समेत उक्त कार्यक्रममा सहभागी भइसकेका छन् ।

सरकारले लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरेसँगै यो अभियानले आफ्नो कार्यक्रमको स्वरुपमा केही परिवर्तन गरेको छ । पछिल्लो समय उक्त फेसबुक ग्रुपले सीमासँगै एमसीसीको विरोधमा समेत आवाज उठाउन थालेको छ ।

ग्रुपले नेपाल अधिराज्यका विभिन्न ठाउँबाट विरोध गर्ने ग्रुपका पोखरा संयोजक गोविन्द आचार्यले डिसी नेपाललाई बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *