अनिवार्य अवकाश पाउन लागेका रथी गिरी शुक्रबारदेखि विदामा

डिसी नेपाल
२३ जेठ २०७७ १३:४८
4
Shares

काठमाडौं। नेपाली सेनाका बलाधिकृतरथी शरद गिरी शुक्रबारदेखि विदामा बसेका छन्।

अवकास हुनु १५ दिनअघि विदामा वस्ने सैनिक परम्परा अनुसार रथी गिरी शुक्रबारबाट विदामा बसेका हुन्। बलाधिकृत गिरीले आगामी असार ६ गते सैनिक सेवावाट अनिवार्य अवकास पाउँदैछन्। अवकाश पाउनु अघि एक महिना वा १५ दिन विदा बस्ने परम्परालाई रथि गिरीले निरन्तरता दिएका हुन्।

उनको स्थानमा वरियताको आधारमा उपरथी ईश्वर हमाल बढुवा हुनेछन्। उनी हाल यूएन डिसइन्गेजमेन्ट अब्जरभर फोर्सको फोर्स कमान्डरमा नियुक्त भएपनि नेपालमै रहेका छन्। नेपालका कोरोना भाइरसको संक्रमण बढ्नु र लकडाउन भएपछि उनले सो जिम्मेवारी सम्हाल्न पाएका छैनन्।

उपरथी हमाल नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने छैटौं जर्नेल हुन्। हमाल नेपाली सेनामा २०४० कार्तिक २२ मा सैनिक अधिकृतका रुपमा सेवा प्रवेश गरेका थिए।

उनको रथीमा बढुवाको प्रक्रिया सुरु भइसकेको छ। सैनिक मुख्यालयले गिरीको अवकास अगावै हमालको बढुवाको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। सेनाको अर्को रथीमा भने प्रभुराम शर्मा बढुवा भइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *