सुनिताको गीत ‘संझेर मलाई नरुनु’ सार्वजनिक

डिसी नेपाल
२४ जेठ २०७७ ८:१६
4
Shares

टेक्सस, अमेरिका । ख्याति प्राप्त गायक शिव परियारको स्वर रहेको ‘संझेर मलाई नरुनु’ बोलको गीत बजारमा आएको छ। बरिष्ठ संगीतकार सुनिल मास्केको संगीतमा गीतकार तथा साहित्यकार सुनिता बस्नेत थापाका शब्दहरु ‘सॅझेर मलाई नरुनु प्रिय बिरहमा म मरें भने’ बोलको गीत सार्वजनिक भएको हो।

विदेशिएका नेपालीहरुको पीडा र मनोदशा झल्काउने लिरिकल भिडियो सहित iTunes, Spotify, Amazon जस्ता डिजिटल प्रबिधि मार्फत जुन ५ मा सार्वजनिक गरिएको हो।

अहिलेको विषम परिस्थितिमा परदेश बसेर घरदेश अनि आफन्तको यादमा त्यस्तै घर देशकाले परदेशिएकाको विरह र वियोगमा दुखेका मनहरुको पीडा छचल्काउने र मन हलुॅगो बनाउन सकुन भन्ने ध्ययले यो अहिले नै रिलिज गरेको गीतकार थापाले बताइन्।

यो गीतमा कुशल एरेन्जर प्रदिप श्रेष्ठको एरेन्जमेन्ट छ भने किशोर थापाले रेकर्ड गरेका हुन्। ’प्रसाद’ जस्तो बहुचर्चित फ़िल्मको ‘लै लै, कठै वरीलै’ गीतका भिडियो एडिटर लोकेश बज्राचार्यले यो लिरिकल भिडियो एडिट गरेका छन्।

सुरबी’ एल्वमको अरु गीत ‘तिमीलाई भेट्न आउंदै छु म’ओआरएस डिजिटल मार्फत गत जनवरीमा सार्वजनिक भएको थियो भने बानिका प्रधानको सुमधुर स्वरमा ‘रातको सपना’ पनि थापाको युट्युब च्यानलमा उपलब्ध भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *