तस्बिरमा हेर्नुहोस्: दशैंको रौनक र चंगा उडाउने खुसी

डिसी नेपाल
२५ असोज २०८३ ९:५०

काठमाडौं। वडादशैं नजिकिँदै जाँदा राजधानीसहित देशभर दशैंको रौनक छाउन थालेको छ। दशैंको आगमनको संकेत मानिने चंगा चेत (उडाउने) परम्परासँगै बालबालिका तथा युवाहरू छाना र खुला मैदानमा चंगा उडाउन व्यस्त देखिन थालेका छन्।

शरद ऋतुको सफा अनि नीलो आकाशमा यतिवेला रंगीचंगी चंगाहरू पौडिरहेका देखिन्छन्। दशैंको बिदा नजिकिँदै गर्दा बालबालिकाहरू लट्टाई र धागो समातेर साथीहरूसँग ‘चंगा चेट’को रमाइलोमा झुमिरहेका छन्।

(तस्बिरहरू: सक्षम घिमिरे/नेपाल न्यूज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *