कांग्रेस महाधिवेशन : १३३० मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

डिसी नेपाल
२५ असोज २०८३ ९:४१

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणना जारी छ। हालसम्म १ हजार ३३० मत गणना हुँदा उपसभापति (खुला)तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला)तर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन्।

पार्टी सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका छन्।

अहिले उपसभापति खुलातर्फ दुई, समावेशीतर्फ एक तथा महामन्त्री खुलातर्फ दुई र महिला कोटातर्फ एक पदका लागि मतगणना भइरहेको छ। नेपाली कांग्रेसको निर्वाचन समितिका अनुसार हालसम्म १ हजार ३३० मत गणना गरिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : हालसम्मको मतपरिणाम

पद उम्मेदवार प्राप्त मत
उपसभापति (खुला) डा. चन्द्रकान्त भण्डारी ६७९
उपसभापति (खुला) ई. मधु आचार्य ३९३
उपसभापति (खुला) गोविन्द भट्टराई ३४५
उपसभापति (खुला) सुरेन्द्रराज पाण्डे ३३७
उपसभापति (खुला) दीपक गिरी २६४
उपसभापति (खुला) धनराज गुरुङ २४०
उपसभापति (खुला) प्रा.डा. चन्द्रमोहन यादव १३८
उपसभापति (समावेशी) विनोदकुमार चौधरी ३८२
उपसभापति (समावेशी) जीवन परियार ३३०
उपसभापति (समावेशी) फरमुल्लाह मंसुर १९०
उपसभापति (समावेशी) सीता गुरुङ १७०
उपसभापति (समावेशी) रञ्जित कर्ण १०७
महामन्त्री (खुला) प्रदीप पौडेल ७८८
महामन्त्री (खुला) अमरसिंह पुन मगर ४७८
महामन्त्री (खुला) उदयशमशेर राणा ४५६
महामन्त्री (खुला) डा. सुनिलकुमार शर्मा ३२५
महामन्त्री (खुला) गुरुराज घिमिरे १९७
महामन्त्री (खुला) नैनसिंह महर १४८
महामन्त्री (खुला) शंकर तिवारी २०
महामन्त्री (खुला) डा. सन्तोष उपाध्याय १८
महामन्त्री (महिला) डा. डिला संग्रौला (पन्त) ५८३
महामन्त्री (महिला) महालक्ष्मी उपाध्याय (डिना) ५५७
महामन्त्री (महिला) रीता खनाल १५३

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *