बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

डिसी नेपाल
२५ असोज २०८३ ९:५०
8
Shares

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको छ। बाढीले नदी आसपासका विभिन्न स्थानमा रहेका अन्य तीन पुलसमेत बगाएको छ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो। बाढीका कारण नदी आसपासका क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको छ।

बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।

यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।

बूढीगण्डकी नदीमा आएको भीषण बाढीले एकपछि अर्को पुल बगाउँदा नदी वारपार गर्ने स्थानीयको आवतजावतमा समस्या पर्ने देखिएको छ। पुलहरू बगाएपछि प्रभावित क्षेत्रको यातायात तथा सम्पर्क व्यवस्थामा समेत असर परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *