बूढीगण्डकीमा आकस्मिक बाढीपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय, सहयोगका लागि १११५ मा फोन गर्न आग्रह

डिसी नेपाल
२५ असोज २०८३ ९:०९

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय बनाइएको छ। नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन तथा आकस्मिक उपचारको व्यवस्था मिलाउन केन्द्र सक्रिय बनाइएको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा अन्य स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ।

मन्त्रालयले बूढीगण्डकी नदीसहित जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीको बहाव बढिरहेको अवस्थामा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान र सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा निःशुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *