पहिरोले भीमफेदी-कुलेखानी सडक अवरुद्ध
हेटौँडा । शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।
हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ। रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment