थप २ जनाले कोरोनाका कारण ज्यान गुमाए, मृतकको संख्या १३ पुग्यो
काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कैलाली र डोल्पामा एक/एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।
मन्त्रालयका अनुसार डोल्पाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।यस्तै, सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा मृत्यु भएकी ५५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
डोल्पामा मृत्यु भएका संक्रमित जेठ १८ गते नेपालगञ्जबाट सुर्खेत हुँदै डोल्पा पुगेका थिए । आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment