क्वारेन्टाइनमा महिला बलात्कृत भएपछि जन आक्रोश बढ्यो, दोषीलाई कडा कारवाही गर्न माग
सांकेतिक तस्वीर।
नुवाकोट। कैलालीको क्वारेन्टाइनमा बसेकी एक महिलामाथि सामुहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। कैलालीको लम्कीचुला नगरपालिका–१ मा रहेको सहिद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भएको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ। क्वारेन्टाइनभित्र महिला बलात्कार भएको घटना सार्वजनिक भएपछि महिलाहरुले असुरक्षित महशुस गरेका छन्।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि महिलाहरु क्वारेन्टाइनमा लगे असुरक्षित भइन्छ भन्ने डर पलाउन थालेको महिलाहरुले बताएका छन्। त्यतिमात्रै होइन विदेशबाट फर्किका छोरी चोलीलाई समेत क्वारेन्टाइनमा कसरी पठाउने भनेर चिन्ता हुन बताएका छन्।
क्वारेन्टाइनमै बलात्कारको घटना हुनु गम्भीर विषय भएको उल्लेख गर्दै दोषीलाई कडा कारवाही गर्न माग हुन थालेको छ। नुवाकोट विदुर तीनका सुरेश वस्ती भन्छन्, ‘यो त अति भयो। मेरी बहिनी पनि विदेश छिन्। अब फर्किएपछि त क्वारेन्टाइन पठाउनै पर्ला। सकेसम्म चाडै फर्कने कुरा छ, यस्तो घटना सुनेपछि म मेरी बहिनीलाई कसरी क्वारेन्टाइन पठाउँ।’
कैलाली लम्किचुहा नगरपालिकाकै अन्य अभिभावक, महिलालाई थप त्रास बढेको भन्दै स्थानीय सक्रिय विद्यार्थी यसु देवकोटा भन्छिन् ‘यहाँका सबै स्थानीय महिला त्रासमा छन्। यसलाई सानोतिनो कुरा मान्नुहुन्न, यस्तो महामारीमा रोग छ कि भनेर क्वारेन्टाइन बसेकी महिला त सुरक्षित भइनन् भने हामी कसरी सुरक्षित हुने? क्वारेन्टाइनमा महिला छिन्, स्वंयमसेवक पुरुष किन राखियो? देशभरी नै महिलाको लागि क्वारेन्टाइन राख्दा केही सोचिएको छैन कि यहाँ मात्रै हो हामी बुझ्न चाहन्छौं।’
क्वारेन्टाइन मै बच्चाकी आमा माथि भएको यो घटनालाई सामान्य रुपमा लिन नहुने भन्दै काठमाडौबाट सामाजिक कार्यमा संलग्न सुष्मा कार्की भन्छिन्, ‘अति भयो यो घटनालाई सामान्य रुपमा लिनुहुन्न। हदैसम्मको कारबाही गर्नुपर्दछ। फेरि क्वारेन्टाइनमै अर्की महिलामाथि यस्तै घटना हुनसक्छ।’
महिलाको बिषयमा सधै आवाज उठाउँदै आएकीन सावित्री सुवेदी भन्छिन्, ‘देश कुन गतिमा जाँदैछ र हामी कतिसम्म थिचिएका छौं भन्ने यो घटनाबाट थाहा पाउन सकिन्छ। मैले त पहिलाबाट नै भन्दै आएकी छु कि बलात्कारिलाई फाँसी दिने नै नियम लागू गर्नुपर्दछ।’
कैलालीबाट लोग्श्वरी कुवर आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्छिन्, ‘कैलालीको लम्कीमा रहेको क्वारेन्टाइनमा महिलामाथि सामुहिक बलात्कार। बलात्कारी जोगाउन ठूलो चलखेल भैरहेको छ रे। हुन त एउटा दूध खान नछोडेको बालिका पढ्ने स्कुलमा पदको दुरुपयोग गर्दै अपराधीको बचाउमा पुलिस पठाउने एकजना माननीय ठाउँ हो त्यो। बलात्कारी जोगाउन लाग्नु त त्यस्ताको दिनचर्या हो। कुन कुन माननीयहरुको ठाउँ हो हो खै त्यो? संविधान संशोधन होस, बलात्कारीलाई फाँसीको वव्यवस्था होस्। यस्ता घटना सुन्न नपरोस।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment