बेइजिङमा फेरि फैलियो कोरोना संक्रमण, विश्वभर ४ लाख ४० हजार भन्दा धेरैको मृत्यु
काठमाडौं। विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ४० हजार ६ सय ४० जनाको मृत्यु भएको छ। कोरोना संक्रमितको संख्या ८१ लाख ७० हजार १४० पुगेको छ। हालसम्म ४२ लाख ६८ हजार २५ जना उपचारपछि निको भएका छन्।
उता चीनको राजधानी बेइजिङमा कोरोना भाइरसको प्रकोप बढेको छ। बेइजिङमा खेलकुद रंगशाला, सिनेमा हल अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ। त्यस बाहेक सबै स्कुल पनि बन्द गर्न आदेश दिइएको छ।
बेइजिङमा चार दिनमा १०६ जना कोरोना सांक्रमित फेला परेका छन्। संक्रमितको संख्या बढेसँगै बेइजिङमा ४६ हजार भन्दा धेरैको कोरोना परीक्षण गरिएको छ।
न्युजिल्याण्डमा २४ दिनपछि दुई जना कोरोना संक्रमित फेला परेका छन्। यी दुवै संक्रमित बेलायतबाट आएका थिए। न्युजिल्याण्डमा अहलिेसरुम्म १५ सय ६ जनामा कोरोना संक्रमित देखा परेका छन् भने २२ जनाको मृत्यु भएको छ।
यता पाकिस्तानमा सूचना तथा प्रविधिमन्त्री सैयद अमिनुल हकलाई कोरोना पोजेटिभ देखिएको छ। यसअघि पाकिस्तानका दुई जना पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासी र युसुफ रजा गिलानी पनि कोरोना संक्रमित भएका थिए। पाकिस्तानमा कोरोना संक्रमितको संख्या एक लाख पाँच हजार पुगेको छ। पाकिस्तानमा अहिलेसम्म २ हजार ८ सय ३९ जनाको मृत्यु भएको छ।
अमेरिकाको जोन हपकिंस युनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या २१ लाख भन्दा धेरै पुगेको छ। न्यूयोर्कमा सबैभन्दा धेरै तीन लाख ८३ हजार ९ सय ४४ संक्रमित पुगेका छन्। न्यूयोर्कमा ३० हजार ८२५ जनाको मृत्यु भएको छ। न्यूजर्सी, क्लालिफोर्निया, इलिनोइस र म्यासाचुटे्समा एक लाख भन्दा धेरै संक्रमित फेला परेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment