बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

डिसी नेपाल
१० भदौ २०८३ २२:४०

काठमाडौं। त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको छ।

व्यवस्थापन सङ्काय, डिनको कार्यालयले आज जारी गरेको सूचनाअनुसार एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रमअन्तर्गत भदौ ११ गतेका लागि निर्धारित परीक्षा स्थगित गरिएको हो।

बाढीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखी सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन सङ्कायले जनाएको छ। स्थगित परीक्षाको नयाँ मिति तथा तालिका यथाशीघ्र प्रकाशन गरिने सूचनामा उल्लेख छ।

यसअघि त्रिविको व्यवस्थापन सङ्कायले नुवाकोटस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा भदौ ११ गते सञ्चालन हुने एमबिएसअन्तर्गत ‘व्यवस्थापन ५२२ः अन्तरराष्ट्रिय व्यवसाय’ विषयको परीक्षा पनि प्राकृतिक विपत्तिका कारण स्थगित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *