अमेरिकापछि कोरोनाका कारण सबै भन्दा धेरै मृत्यु ब्राजीलमा, विश्वभर चार लाख ५१ हजारको मृत्यु

डिसी नेपाल
४ असार २०७७ ८:५६

वाशिंगटन। कोरोना संक्रमणबाट हालसम्म विश्वभरमा चार लाख ५१ हजारको मृत्यु भइसकेको छ। कोरोना संक्रमितको संख्या ८३ लाख ९८ हजार ६ सय ८३ पुगेको छ भने हालसम्म ४४ लाख १४ हजार सात सय उपचारपछि निको भएका छन्।

अर्कोतर्फ, ब्राजिलमा एकै दिनमा १२ सय ६९ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा ३२ हजार भन्दा धेरै संक्रमित भएका छन्। ब्राजीलमा हालसम्म ४६ हजार ५ सय १० जनाको मृत्यु भइसकेको छ। अमेरिकापछि कोरोनाबाट सबैभन्दा धेरै मृत्यु ब्राजीलमा भएको छ। अमेरिकामा हालसम्म १ लाख १९ हजारको मृत्यु भइसकेको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ८ सय ७ जनाको मृत्यु भएको छ भने २६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। अमेरिकाको एपिसेन्टर बनेको न्यूयोर्कमा १६ जुन १७ जनाको मृत्यु भएको थियो। यो अहिलेसम्मकै कम संख्या हो।

तर अमेरिकका अन्य राज्यमा भने कोरोना संक्रमितको संख्या बढिरहेको छ। अर्थव्यवस्थालाई खुकुलो बनाउनु र जारी प्रदर्शनका कारण संक्रमितको संख्या बढेको जनाइएको छ।

बेलायतमा संक्रमितको संख्या ३ लाख ७१७ पुगेको छ। बेलायतमा ४२ हजार १ सय ५३ जनाको मृत्यु भएको छ। अमेरिका,र ब्राजीलपछि यो सबैभन्दा ठूलो संख्या हो। बेलायतमा हालसम्म ७१ लाखको कोरोना टेस्ट गरिएको छ।

फ्रान्समा पछिल्लो २४ घण्टामा संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या २९ हजार ५ सय ७५ पुगेको छ। फ्रान्समा हालसम्म १ लाख ९४ हजार जना कोरोना संक्रमित पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *