विदेशबाट फर्किएका युवा जनशक्ति व्यवस्थापन गर्ने चुनौती

डिसी नेपाल
१२ असार २०७७ ७:१४
20
Shares

यतिबेला विश्व कोरोना भाइरस महामारीको चपेटामा छ। विश्वका विभिन्न मुलुकमा रोजगारी र अन्य कामको सिलसिलामा पुगेका नेपाली नागरिक यतिबेला धमाधम स्वदेश फर्किइरहेका छन्। यसले नेपालको अर्थतन्त्रमा नराम्रो धक्का पुगेको छ ।

नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्समा आधारित छ र अहिले एकैपटक युवाहरु स्वदेश फर्किएपछि रेमिट्यान्समा भारी गिरावट आएको छ । यसले देशको राजश्वमा ठूलो धक्का लागेको छ।

वास्तावमा जसरी पेट्रोल विना गाडी चल्दैन, त्यसैगरी राजश्व विना राज्य संचालन हुन सक्दैन। अहिले ठूलो संख्यामा नेपाली युवाहरु रोजगारी छाडेर फर्किंदा राज्यको स्रोत निकै कम भएको छ। अर्कोतर्फ यसले राज्यको दायित्व पनि बढाएको छ।

विदेशमा रहेका ती नेपालीलाई व्यवस्थापन गर्ने चुनौती अहिले सरकारको काँधमा छ र त्यसको लागि थप स्रोत आवश्यक पर्ने बेला सरकारको स्रोत गुमेको छ । बरु खर्च गर्नुपर्ने ठाउँ बढ्दै गइरहेको छ । यसले सरकारलाई थप समस्यामा पार्न सक्ने स्थिति सृजना हुँदैछ ।

समाजिक रुपमा समाजमा, आम देशबासी नागरिकमा न्याय, शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी व्यवस्थापन गर्न र नागरिकको सहज पहुँच पुर्याउन राज्यको नागरिकप्रतिको दायित्व र संविधानले सुम्पिएको जिम्मेवारी राज्यले पूरा गर्नुपर्छ।

अब आउने दिनमा राज्य सामु विदेशबाट फर्किएका नेपाली नागरिक युवाहरु (जो विदेशमा श्रमिकका रुपमा गएका थिए) लाई विश्वव्यापी महामारीका कारण संसारका श्रम उपलब्ध गराउने मुलुकहरुले श्रम कटौती गरेपछि ती श्रमिक नेपाल फर्किँदा तीनको व्यवस्थापन गर्न र उनीहरुलाई भरण पोषण पुग्ने रोजगारी प्रदान गर्न राज्य सामु ठूलो चुनौती आइपरेको छ।

अब नेपालले पनि अरबियन मुलुकका मरुभूमि, अफ्रिकन मुलुकका मरुभूमि ९० वर्षको लिजमा लिएर दाता राष्ट्रको आर्थिक सहयोगमा नेपाली नागरिकद्वारा विकास गर्ने उर्वर बनाउने व्यापार, व्यावसाय, कलकारखाना संचालन गर्न सक्ने अवस्थामा त्यस्ता स्थानहरु खोज्न र पहिचान गर्न र आफ्ना नागरिकलाई माइग्रेट गराएर बसोबास गराउन सक्नुपर्छ।

त्यसो त अहिले फर्किएकै संख्या ज्यादै न्यून देखिन्छ। भनिन्छ, नेपाली नागरिक विश्वमा ४० लाख जति छन्। त्यो हेर्दा अहिले फर्किएको संख्या थोरै हो। यद्यपि थोरै संख्याले नै राज्यका सामु चुनौतीको पहाड खडा गरिदिएको छ।

नेपाली समाज आज त्रसित र भयभित छ। यी युवा शक्तिले अगाडि निम्त्याउने संकट र राज्य विरुद्धकै अपराधिक कृयाकपालहरु हुन सक्ने कुराले राज्य, समाज र सरकार सबै त्रसित छन्। तर मुलुक छोडेर बाहिरिने नागरिक हाम्रो देशका नागरिकमात्रै नभएर संसारमा सबै मुलुकका छन्। अझ भारतीय नागरिकहरुले त मोरीससमा आफ्नै सरकार पनि बनाए।

त्यस्तै गरेर संसारमा भारतीयहरुको संख्या उल्लेख्य पुगिसकेको छ। चिनियाँहरु संसारमा विभिन्न बहानामा रोजगारी, व्यापार व्यावसायमा निजीदेखि सरकारी प्रयासबाट संसारमा उल्लेख्य मात्रामा पुगेका छन्। अझ चिनियाँहरुले कतिपय समुद्री टापुहरु, अफ्रिकन मरुभूमिहरु लिजमा लिएर विकास गर्न गएका छन्।

यस्ता धेरै मुलुकहरुले आफ्ना नागरिकहरु आफ्ना मुलुकभन्दा बाहिर रहेर व्यावसाय रोजगारी र वसोवास गराउने काम गर्दै आएका छन्। त्यस्तै अब नेपालले पनि अरबियन मुलुकका मरुभूमि, अफ्रिकन मुलुकका मरुभूमि ९० वर्षको लिजमा लिएर दाता राष्ट्रको आर्थिक सहयोगमा नेपाली नागरिकद्वारा विकास गर्ने उर्वर बनाउने व्यापार, व्यावसाय, कलकारखाना संचालन गर्न सक्ने अवस्थामा त्यस्ता स्थानहरु खोज्न र पहिचान गर्न र आफ्ना नागरिकलाई माइग्रेट गराएर बसोबास गराउन सक्नुपर्छ।

विश्वका धेरै मुलुकले यस्ता काम गर्दैछन्। अन्यथा अहिलेको जनसंख्या वृद्धिदर र २० वर्षपछिको नेपालको समाजिक अवस्था कल्पना गर्दा के विचार गर्नुपर्छ भने अगाडिको ४० सालतिर हाम्रो मुलुक खाद्यान्य र रोजगारीमा निर्भर मात्रै होइन, निकासी पनि गथ्र्यो। दाल चालम, घ्यू तेल काठ दाउरा मकै कोदो जडिबुटी मासु पशुका छाला आदि निकासी हुन्थे। आज खोलाको गिटी, बालुवा र पानी बाहेक न्यून मात्रमा जडिबुटी बाहेक अन्य निकासी ठप्प छ।

यसलाई तुलना गर्नुपर्छ र अगाडि धेरै विचार पुर्याउनु पर्छ। अन्यथा रिट हाल्ने र रिट हालिरहन पाउने, आदेश दिनेले दिइरहने, सरकारले त्यसको अवज्ञा गरिरहने, समाज अराजकता तिर जानसक्ने र मुलुकको दुर्दशा भयावह स्थिति निम्तिन सक्ने हुनसक्छ। त्यसका लागि दूरदृष्टि राख्ने राजनीतिक दल अझ दूरदृष्टि राख्ने अध्ययनशील विपी कोइराला जस्तो राजनेता यो मुलुकलाई अब चाहिएको छ।

त्यो जन्माउन र अगाडि सार्न राजनीतिक दलले सक्नुपर्छ। संसारमा मान्छे बढिरहेका छन्। शक्ति राष्ट्रले त्यसको व्यवस्थापन गरिरहेका छन्। अब हामीले यी विदेशबाट फर्किएका युवाको व्यवस्थापन गर्न सक्यौं भने फेरि नेपालको मुहार नै परिवर्तन हुन सक्छ। किने भने विदेशबाट आएका युवा सिपयुक्त हुन्छन्। उनीहरुले विदेशका सिकेको र आर्जन गरेको सीपलाई नेपालमा प्रयोग गर्न सकियो भने देशको विकास गर्न समय लाग्दैन।

धेरै व्यापारीले अबको लगानी भनेको कृषि हो भनिसकेका छन्। नेपाल कृषि प्रधानदेश भएका कारण कृषिलाई आधुनिकीकरण गरेर विदेशबाट फर्किएको युवालाई कृषिमा आकर्षित गर्नुपर्छ। नेपालको मुख्य सम्पत्ति भनेको युवा जनशक्ति हो, जो यसअघि विभिन्न मुलुकमा छरिएर हरेका थिए। तर अहिले यो कोरोना महामारीकै कारण भएपनि हजारौं युवा स्वदेश फर्किएका छन्।

उनीहरुलाई नेपालमै केही गर्न सक्ने वातावरण बनाउने जिम्मा अव सरकारको हो अहिले मुलुकमा राजनीतिक स्थायित्व पनि छ। तीन तहमा सरकार छन्। तीन तहकै सरकारले कृषिलाई केन्द्रमा राखेका छन्। अब तीन तहकै सरकारले अब विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्ने कार्ययोजना बनाएर अगाडि बढ्नुको विकल्प छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *