गजल

राधिका फुलारा
२० मंसिर २०८२ ७:४०
68
Shares

उत्तरमा हिरा हाम्रो दक्षिण सुनबाली
पूर्वमा छ मेची हाम्रो पश्चिम महाकाली

सुन्दर शान्त नेपाललाई समृद्ध बनाउनु छ
लागौं अब जागौं युवा आसाका कद चाली

जन्मे यहाँ गौतमबुद्ध ज्ञानको बिज छर्दै
शान्तिको सन्देश छरे अहिंसा पखाली

सुन्दरताको बगैचा नेपाल सयौं थरी हामी
मिलिजुली बसेका छौं रिस राग फाली


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *