भक्तपुरका क्वारेन्टिनको अवस्था सन्तोषजनक

डिसी नेपाल
१४ असार २०७७ १८:२७

काठमाडौं। कोरोना भाइरस महामारी नियन्त्रणका लागि भक्तपुरमा बनाइएका क्वारेन्टिन तथा होल्डिंग सेन्टरको आइतबार राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल नेतृत्वको टोलीले अनुगमन गरेको छ।

अनुगमन टोलीले होल्डिंग सेन्टर तथा क्वारेन्टिनको अवस्था सन्तोसजनक रहेको बताएको छ। अनुगमन टोलीमा परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, उपसचिव ध्रुवराज पौडेल, एनजीओ फेड्रेसनका कन्द्रीय अध्यक्ष जीताराम लामा, जेसीवाईसीएन अध्यक्ष तथा परिषद् अन्तर्गत गठित सामाजिक संघसंस्था युवा सञ्जालका अध्यक्ष तिलोत्तम पौडेल, काठमाडौं विश्व विद्यालयका प्रोफेसर डा. छिरिङ् लामा लगायतका थिए।

अवलोकनका क्रममा सुर्यविनायक नपा वडा नं ८ का वडाध्यक्ष किरण श्रेष्ठ तथा क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक, सूनपाका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवाली, स्वास्थ्यचौकी प्रमुख, क्वारेन्टिनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुसंग छलफल गरिएको थियो । सुर्यविनायक नगरपालिकाले कोरोना नियन्त्रणका लागि तयार गरेको अल्पकालीन तथा दीर्घकालीन रणनीतिका बारेमा समेत जानकारी दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *