पूर्व मन्त्री बाँस्कोटाको घरमा विस्फोट गराएको अभियोगमा विप्लव समूहका भक्तपुर इन्चार्च पक्राउ

डिसी नेपाल
१७ असार २०७७ ८:४४

काठमाडौं। भक्तपुरबाट नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन्। पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही पक्राउ परेका हुन्।

भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीका अनुसार विस्फोटबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो। शाहीलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ। ‘पूर्वमन्त्रीज्यूको घरमा भएको विष्फोटबारे अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो, ‘ उनीबारे थप अनुसन्धान गरिरहेका छौं,’ डिएसपी गिरीले भने।

गत २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो। घटनामा संलग्नताको आरोपमा त्यतिवेलै एक जना पक्राउ परेको भए पनि संलग्नता पुष्टि नभएपछि छुटिसकेका छन्। प्रहरीले शाहीलाई पक्राउ गरेपछि उनको संलग्नताबारे अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *