एकै दिनमा १ लाख २६ हजार नयाँ संक्रमित थपिए, सबैभन्दा धेरै अमेरिकामा २६ हजार नयाँ संक्रमित

डिसी नेपाल
१९ असार २०७७ ८:५८

काठमाडौं। विश्वभरमा कोरोना भाइरसको संख्या १ करोड ९ लाख २१ हजार २ सय ९८ पुगेको छ। तीमध्ये ६१ लाख ६ हजार ४०२ जना उपचारपछि निको भएका छन् भने ५ लाख २१ हजार ४०६ जनाको मृत्यु भएको छ।

बिहीबार एकै दिन १ लाख २६ हजार १३६ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा २६ हजार ५६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ब्राजीलमा २३ हजार ५१५ जना संक्रमित थपिएका छन्।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मेक्सिकोमा ७ सय ४१ जनाको मृत्यु भएको छ। ब्राजीलमा ६०१ जनाको मृत्यु भएको छ भने भारतमा ३७८ जनाको मृत्यु भएको छ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका विषयमा एक पटक फेरि चीनमाथि गम्भीर आरोप लगाएका छन्। उनले कोरोना महामारीलाई ‘चीनको प्लेग’ को संज्ञा दिएका छन्। उनले चीनबाट देखिएको भाइरसलाई चीनले रोक्नु सक्नुपर्ने तर त्यसो नगरेर संसारभर फैलाएको आरोप पनि लगाए।

उता बेलायतका प्रधानमन्त्री बोरिस जनसनका बुवा स्टेनली जनसनले सरकारी सुझावको उल्लंघन गरेका छन्। बेलायत सरकारले आफ्ना नागरिकलाई अत्यावश्यक काम नभएसम्म अन्तर्राष्ट्रिय यात्रा नगर्न अनुरोध गरेको थियो। तर स्टेनली घुम्न भन्दै ग्रीस गएपछि उनको आलोचना भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *