कोरोना पुष्टि भएपछि एक युवकले गरे आत्महत्या

डिसी नेपाल
१९ असार २०७७ १९:०२

काठमाडौं। कोरोना पुष्टि भएपछि सुदूरपश्चिममा १ जना १८ वर्षका युवकले आत्महत्या गरेका छन्। सुदूरपश्चिमको बझाङका ती युवाले कोरोना पोजेटिभ आएपछि आत्महत्या गरेका हुन्।

बझाङकाे खप्तड छान्ना गाउँपालिका वडा नं ७ का ती युवा स्कुलमा रहेको क्वारेन्टाइनबाट घरमा गई होम क्वारेन्टाइनमा रहेका थिए । गाउँपालिका अध्यक्ष वर्क बहादुर रोकायाले भने, ‘भारतबाट आउनु भा को हो। असार १ गते गरिएको आरडीटी परीक्षणबाट उहाँलाई पोजेटिभ देखायो। स्कुलको क्वारेन्टाइनमा हुनुहुन्थ्यो।’

उनका आमा बुबा समेत नभएकाले मानसिक तनाव भएकाे हुनसक्ने उनले बताए।  ‘आमा बुबा नभएका मान्छे, काका काकी सँग बस्दा रहेछन्’, अध्यक्ष रोकायाले भने, ‘कोरोना लागेको भन्ने खबर पाएपछि आत्महत्या गरेछन्। खबर दुःखद छ हामी जाँदै छौं। जिल्लाबाट पनि टोली आउदै छ।’

उनी जेठ १९ गते  भारतबाट आएर क्वारेन्टिनमा बस्दै  आएकाे अध्यक्ष राेकायाले जानकारी दिए। उनले भने, ‘जेठ १९ गते भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए,  पिसीआर परीक्षणको रिपोर्ट ढिला भएको थियो। पोजेटिभ आएछ।’

आत्महत्याको कारण अनुसन्धान नगरेरै भन्न नसक्ने उनले बताए। उनले भने, ‘जिल्लाबाट आउने टोलीले चेकजाँच गरेपछि कारणका बारेमा थाह हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *